काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ।
आयोगको बुधबार बसेको बैठकले कांग्रेसको विवरण अद्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।
नेपाली कांग्रेसले असोज १९ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गरेको थियो। महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी र संशोधित विधानको विवरण आयोगमा अद्यावधिक हुन बाँकी रहँदा विभिन्न कोणबाट प्रश्न उठ्दै आएका थिए।
आयोगले अभिलेख अद्यावधिक गरेसँगै कांग्रेसको नयाँ नेतृत्व र विधानसम्बन्धी विवरण औपचारिक रूपमा अद्यावधिक भएको छ।












