काठमाडौं । अटोमोबाइल ब्रान्ड ओमोडा जेइकूले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोर–ह्वीलर पार्टनर’ का रूपमा आफ्नो सहकार्य सम्पन्न गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी रिजन ढकाल ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भएका छन्। उनले पुरस्कारस्वरूप जेइकू जे५ प्रो प्राप्त गरेका छन्।

ADVERTISEMENT

सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित एनपीएल सिजन ३ मा आठ फ्रेन्चाइज टोली सहभागी थिए। प्रतियोगितामा नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

ADVERTISEMENT

प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन, खेल कौशल र टोलीका लागि पुर्‍याएको योगदानका आधारमा ढकाललाई नेपाली ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित गरिएको हो। उनको उपलब्धिले नेपाली क्रिकेटमा रहेको प्रतिभा र सम्भावनालाई थप उजागर गरेको कम्पनीले जनाएको छ।

‘पावर्ड बाई’ प्रायोजकका रूपमा ओमोडा जेइकूले प्रतियोगितालाई थप रोमाञ्चक बनाउन विभिन्न गतिविधि सञ्चालन गरेको थियो। प्रतियोगिताका क्रममा मैदानमै ब्रान्ड प्रवर्द्धन, प्रत्यक्ष प्रसारणमार्फत दृश्यता, डिजिटल सहभागिता तथा दर्शकमैत्री कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। यसबाट लाखौँ क्रिकेटप्रेमीसँग ब्रान्डको सम्बन्ध विस्तार भएको उसको भनाइ छ।

अटोमोबाइल क्षेत्रको नवीनता र क्रिकेटको प्रतिस्पर्धात्मक भावनालाई जोड्ने उद्देश्यसहित गरिएको सहकार्यले उत्कृष्ट प्रदर्शन, महत्वाकांक्षा र निरन्तर प्रगतिजस्ता साझा मूल्यलाई प्रतिबिम्बित गरेको कम्पनीले उल्लेख गरेको छ।

एनपीएलको पहिलो सिजनदेखि नै प्रतियोगितासँग जोडिँदै आएको ओमोडा जेइकूले खेलकुदमार्फत समुदायसँग सम्बन्ध विस्तार गर्ने र नेपाली खेल प्रतिभालाई प्रोत्साहन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतियोगितामा सहभागी टोली, खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीलाई धन्यवाद दिँदै कम्पनीले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरेको छ।

यसैबीच, रिजन ढकाललाई प्रदान गरिएको जेइकू जे५ प्रो गाडीमा लाग्ने उपहार कर (गिफ्ट ट्याक्स) समेत कम्पनीले स्वयं व्यहोर्ने जनाएको छ। खेलाडीको उपलब्धिको सम्मान र प्रोत्साहनस्वरूप यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ।