काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी सञ्चालन गर्न लागिएको अभियानका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
दुलालका अनुसार स्थानीय तह निर्वाचन केन्द्रित ‘हामी तयार छौँ’ अभियानअन्तर्गत केन्द्रीय नेताहरूका विचार तथा सुझाव बैठकमा समेटिनेछन् । अभियानलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।












