काठमाडौं । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमार्फत भारतले उक्त सहायता प्याकेज घोषणा गरेको हो ।

ADVERTISEMENT

घोषित कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ ।

ADVERTISEMENT

संयुक्त विज्ञप्तिअनुसार भारतले ३ हजार ५०० करोड भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । उक्त रकम विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजना निर्माणमा खर्च गरिने जनाइएको छ ।

त्यस्तै, १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहायता भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ । उक्त ऋण नेपालको ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरिने विज्ञप्तिमा उल्लेख छ ।