सिड्नी । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी डिसेम्बर १९ मा अस्ट्रेलियाको सिड्नीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ ।

‘नेपथ्य लाइभ इन सिड्नी’ नाम दिइएको कार्यक्रम सिड्नीको प्रसिद्ध होर्डन पेभेलियनमा आयोजना हुने आयोजक टीआरएन इभेन्ट्सले जनाएको छ ।

ADVERTISEMENT

कार्यक्रमको तयारी भइरहेको आयोजक टीआरएन इभेन्ट्सका प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार नेपथ्यको प्रस्तुति अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि विशेष सांगीतिक उत्सव हुनेछ ।

ADVERTISEMENT

नेपाली मौलिक संगीत, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै अस्ट्रेलियामा रहेका नेपालीलाई सांगीतिक माध्यमबाट एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पाठकले बताए ।

कार्यक्रममा एक्सपर्ट एजुकेसन र मार्की होम्स शीर्ष प्रायोजकका रूपमा आबद्ध छन् भने आरजे ब्राउन सहप्रायोजक रहेको छ ।

नेपथ्यको प्रस्तुतिले विशेषगरी नयाँ पुस्तालाई नेपाली संगीत र सांस्कृतिक विरासतसँग जोड्न सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।