काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

ADVERTISEMENT

प्रतियोगिताको पहिलो खेलमा नेपालले भारत ‘ए’सँग निराशाजनक प्रदर्शन गरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो ।

ADVERTISEMENT

ग्रुप ‘बी’मा रहेको नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई छन् । यस समूहमा भारत ‘ए’ र पाकिस्तान ‘ए’बीचको खेल पनि आजै दिउँसो ३ः४५ बजे हुनेछ ।

नेपालका लागि यो खेल समूह चरणमा आफ्नो स्थिति सुधार्ने महत्त्वपूर्ण अवसर हुनेछ । भारत ‘ए’सँगको हारपछि यूएईविरुद्ध नेपाली टोली कस्तो प्रदर्शन गर्छ भन्ने चासो छ ।