काठमाडौं । चितवनमा सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकिराखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक राप्ती नगरपालिका–२ निवासी ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार अन्य दुई जना पनि घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।