काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट लिएको छ ।

निर्माण पक्षका अनुसार ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउनेछ ।

ADVERTISEMENT

सार्वजनिक टिजरमा देखिएको एक युगल जोडी काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमबारे आआफ्ना धारणा राख्छ ।

ADVERTISEMENT

एकअर्काप्रति आकर्षित केटा र केटी अन्ततः होटेलमा पसेर जवानी साट्छन् । त्यसपछि उनीहरूको सम्बन्धमा चिसोपना आउँछ ।

यसले आधुनिक प्रेममा देखिरहेको विचलनलाई देखाउने प्रयास गरेको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै छन् ।

अर्पण थापाले निर्देशन गरेको चलचित्रमा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ ।

‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुने निर्देशक थापाले बताएका छन् ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रलाई सुदीप बरालले खिचेका छन् ।