काठमाडौं । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिँदैछ। चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज अन्तिम दिन हो।
कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। रातभर नदी, पोखरी तथा जलाशय किनारमा जाग्राम बसेका उनीहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्दैछन्।
छठ मनाइरहेका नदी, पोखरी तथा जलाशय किनारमा बिहानैदेखि व्रतालु र श्रद्धालुको भीड लागेको छ। तराई–मधेससँगै काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा छठका लागि जलाशय तथा घाटहरूलाई आकर्षक रूपमा सजाइएको छ।
यसैबीच, सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ। यसअघि छठको मुख्य दिन अर्थात् षष्ठीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन मात्र सार्वजनिक बिदा दिइँदै आएको थियो। यस व












