काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी लिग चरणको अन्तिम दिनको पहिलो खेलमा दुवै टोली आमनेसामने भएका हुन् । चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

आजको खेलका लागि चितवनले आफ्नो टोलीमा पाँच खेलाडी परिवर्तन गरेको छ । अर्जुन साउद, रञ्जितकुमार, मौसम ढकाल, रवि बोपारा र डेविड मलानको स्थानमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान माउज्ली र उसामा मिरलाई टोलीमा समेटिएको छ ।

ADVERTISEMENT

त्यस्तै, कर्णालीले पनि एक खेलाडी परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा टोलीमा आएका छन् ।

ADVERTISEMENT

एनपीएलअन्तर्गत आजै दोस्रो खेल पनि हुँदैछ । उक्त खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ः३० बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।