काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच कुनै मतभेद नरहेको बताएका छन्।

आइतबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी र सरकार एउटै लयमा अघि बढिरहेको स्पष्ट पारेका हुन्।

ADVERTISEMENT

आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबीच हिजो पनि मतभेद नरहेको र अहिले पनि नरहेको बताए। तथ्यमा आधारित रहेर सांसदहरूले राखेका विषयमा समेत कुनै असहमति नरहेको उनको भनाइ थियो।

ADVERTISEMENT

सरकार रास्वपाकै भएकाले पार्टी र सरकारबीच एकअर्कालाई सचेत गराउनु स्वाभाविक भएको उनले बताए। उनले भने, ‘सरकार रास्वपाकै हो । सरकारले बाटो बिरायो भने पार्टीले प्रश्न गर्छ । पार्टीले बाटो बिरायो भने सरकारबाट पनि प्रश्न उठ्न सक्छ।’

महामन्त्री आचार्यले पार्टीभित्र आन्तरिक विवाद नरहेको दोहोर्‍याउँदै पार्टी र सरकार एउटै चरणमा अघि बढिरहेको दाबी गरे।