काठमाडौँ । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण तथा सामाजिक र आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन इस्क्याप) को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

शुक्रबार आयोजित अधिवेशनमा उनले पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।

ADVERTISEMENT

मल्लले राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायत नेपालले अघि बढाएका नीतिगत सुधारका प्रमुख प्रयासबारे पनि जानकारी गराएका थिए । उक्त जानकारी ब्याङ्ककस्थित नेपाली राजदूतावासले दिएको हो ।