काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तानले टस जित्दै चितवनलाई पहिले फिल्डिङको निम्तो दिएका हुन्।प्लेअफको दौडमा रहेको जनकपुरका लागि आजको खेल निकै महत्वपूर्ण छ। जनकपुरले ६ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा रहेको छ।

समान ४ अंक रहेको कर्णाली याक्सले पनि चितवनसँग खेल्न बाँकी छ। यता पाँच खेल खेलेको चितवन ५ अंकसहित अंकतालिकामा रहेको छ। आजको खेलपछि चितवनले कर्णाली याक्ससँग पनि प्रतिस्पर्धा गर्न बाँकी छ।

ADVERTISEMENT

 

ADVERTISEMENT