काठमाडौँ । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने जनाएको हो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले छठ पर्वको अवसरमा थप एक दिन बिदा दिने निर्णय भएको जानकारी दिएका छन्। छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन गर्ने परम्परा छ।

ADVERTISEMENT

 

ADVERTISEMENT