काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार (कात्तिक २७) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलरको बिक्रीदर बढेको छ भने युरो र पाउन्ड स्ट्रलिङसहित अन्य प्रमुख विदेशी मुद्राको मूल्य घटेको छ।

ADVERTISEMENT

आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा तोकिएको छ। बिहीबार डलरको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो।

ADVERTISEMENT

त्यस्तै, आज एक युरोको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा रहेको छ। बिहीबार युरोको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा थियो।

यस्तै, आज एक पाउन्ड स्ट्रलिङको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ। बिहीबार यसको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो।

राष्ट्र बैंकका अनुसार अन्य विदेशी मुद्राको विनिमयदर पनि लगातार दोस्रो दिन घटेको छ।

बाँकी मुद्राको विनिमयदर सूचीमा हेर्नुहोस्