काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा थियो।

त्यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा पुगेको छ।

ADVERTISEMENT

अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७२ पैसा तथा बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ १० पैसा र बिक्रीदर ४०५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

ADVERTISEMENT

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन हुन सक्ने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।

ADVERTISEMENT