काठमाडौँ । नेपालको पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान ४ बजेर ४५ मिनेटमा गएको भूकम्पका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा धक्का महसुस भएको स्थानीय बासिन्दाले बताएका छन्। पूर्वी नेपालका हिमाली तथा तराई क्षेत्रका जिल्लामा भूकम्पको धक्का पुगेको थियो।
भूकम्पको धक्का नेपालसहित भारत, भुटान र चीनमा समेत महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको सम्भावित क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को प्रारम्भिक जानकारीअनुसार ताप्लेजुङको लेलेपबाट करिब २० किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।












