काठमाडौं । बेलायती लेखक एम. जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रिथिङ’का लागि बुकर पुरस्कार जितेका छन्। ८१ वर्षीय ह्यारिसन यो प्रतिष्ठित पुरस्कार जित्ने सबैभन्दा ज्येष्ठ लेखक बनेका छन्।

सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्ड पुरस्कार प्रदान गरिएको हो। ह्यारिसन करिब ६० वर्षदेखि साहित्य लेखनमा सक्रिय छन्। उनका पाठक तथा प्रशंसकको छुट्टै समूह छ।

ADVERTISEMENT

‘द एन्ड अफ एभ्रिथिङ’ रहस्यमय प्रकोपपछि ब्रिटिस समाज पूर्ण रूपमा रूपान्तरण भएको काल्पनिक संसारमा आधारित उपन्यास हो। उपन्यासको विषयवस्तु र प्रस्तुतीकरणलाई लिएर पाठक तथा समीक्षकका धारणा भने विभाजित छन्।

ADVERTISEMENT

एक समीक्षकले उपन्यासलाई ‘उदासीपूर्ण तर उत्कृष्ट’ र ‘स्वप्निल तथा अन्योलपूर्ण’ भनेर वर्णन गरेका छन्।

बुकर पुरस्कार निर्णायक मण्डलकी अध्यक्ष डेम मेरी बियर्डले उपन्यास पढ्न चुनौतीपूर्ण भए पनि यो महान् साहित्यको एउटा उदाहरण भएको बताइन्।

उनका अनुसार पुस्तकले पाठकलाई नयाँ दृष्टिकोण र मुस्कुराउने कारण दिन्छ। कथाको विषयवस्तु गम्भीर भए पनि यसले पाठकको मनमा आशाको किरण छाड्ने उनको भनाइ छ।