काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ ।उद्योग मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीच ग्यास पाइपलाइन विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो ।नेपाल र भारतबीच ऊर्जा तथा व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा भएको यस भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

ADVERTISEMENT

 

ADVERTISEMENT