काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् ।कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान राष्ट्रपति भवन शीतल निवासमा उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गरेका हुन् ।
पूजाका क्रममा राष्ट्रपति पौडेलले गाईलाई खानेकुरा खुवाउँदै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सम्मान व्यक्त गरेका थिए ।तिहारमा गाईलाई समृद्धि, सुख र सौभाग्यको प्रतीकका रूपमा लिने धार्मिक विश्वास छ । हिन्दू परम्पराअनुसार गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलन रहिआएको छ ।












