काठमाडौं । नेपाली कांग्रेसले सोमबार बिहान संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ८ः३० बजे बैठक बस्ने तय भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। विशेषगरी सरकार सञ्चालन र पछिल्ला राजनीतिक घटनाक्रमबारे दलको धारणा तय गर्ने विषयमा छलफल हुन सक्नेछ।
आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीको धारणा सार्वजनिक गरेका थिए। उनले सरकार सञ्चालनका क्रममा भएका गतिविधिबारे असन्तुष्टि जनाउँदै विभिन्न प्रश्न उठाएका थिए।









