काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ।
महाशाखाका अनुसार हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्छ।
यता, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।










