काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेँडा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेँडा ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) प्रतिकिलो ५५ रुपैयाँ, रातो आलु (गोलो) ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

त्यस्तै, लोकल बन्दा प्रतिकिलो ४५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँमा कारोबार भइरहेको छ । तने बोडीको मूल्य ९० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, घिउ सिमी (लोकल) ५० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) ५० रुपैयाँ प्रतिकिलो रहेको छ ।त्यसैगरी, टाटे सिमी प्रतिकिलो ९० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ र लौका ५० रुपैयाँ तोकिएको छ ।

ADVERTISEMENT

रायोको साग र पालुङ्गो साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ रहेको छ । कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्युरो ९० रुपैयाँ, ब्रोकाउली २०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदिना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ तोकिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ) २०० रुपैयाँ र स्याउ (जुम्ला) २५० रुपैयाँ रहेको छ । नेपाली केरा र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ र अनार ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

ADVERTISEMENT