काठमाडौँ । नेपाली कांग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि ३५ वर्ष मुनिका युवा क्लस्टरबाट खुलातर्फ ७ जना निर्वाचित भएका छन् । २७ जनाबिचको प्रतिस्पर्धाबाट ७ जना छानिएका छन् ।

निर्वाचित हुनेमा इन्जिनियर अभिषेक आत्रेय, आदर्श मल्ल, डा.आयुस बगाले, ई.शैलेष मिश्र, सचिन तिमल्सेना, ई.रोशन बस्नेत र सुशील भट्ट निर्वाचित भएका हुन् ।

ADVERTISEMENT

भट्टले २ हजार ७८३, तिमल्सेनाले ३ हजार १५६, मिश्रले २ हजार १३३, आत्रेयले २ हजार ८१३, मल्लले २ हजार ५६०, बगालेले २ हजार ५७५ र बस्नेतले २ हजार २७१ मत ल्याए ।

ADVERTISEMENT

कांग्रेस ले ३५ वर्ष मुनिका युवाबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचन गर्ने विधानमा व्यवस्था गरेको हो ।