काठमाडौं । ओमोडा जेइकू नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा ‘पावर्ड बाई’ प्रायोजकका रूपमा जोडिएको छ। पहिलो संस्करणदेखि नै प्रतियोगितासँग सहकार्य गर्दै आएको कम्पनीले यस वर्ष आफ्नो साझेदारीलाई थप विस्तार गरेको हो।

सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि प्रतियोगितासँग आबद्ध ओमोडा जेइकू यसअघि ‘ड्रिभन बाई’ साझेदारका रूपमा रहेको थियो। तेस्रो सिजनमा भने कम्पनीले प्रायोजनको भूमिका विस्तार गर्दै ‘पावर्ड बाई’ प्रायोजकको जिम्मेवारी लिने भएको छ।

ADVERTISEMENT

एनपीएलसँगको निरन्तर सहकार्यले नेपाली क्रिकेटप्रति कम्पनीको समर्थनलाई थप बलियो बनाएको छ। नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र खेलकुद संस्कृतिको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धतासहित साझेदारीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

पहिलो संस्करणदेखि तेस्रो सिजनसम्मको सहकार्यले ओमोडा जेइकू र नेपाली क्रिकेटबीचको साझेदारीलाई थप विस्तार गरेको छ।