काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दुवै पदको मतगणना एकैसाथ सुरु भएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणना तीन ठाउँमा भइरहेको छ। प्रत्येक मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको छ।

ADVERTISEMENT

यसअघि शुक्रबार राति सम्पन्न मतगणनाबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भइसकेका छन्। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए भने खड्गीले ३७५ मत पाएका थिए।

ADVERTISEMENT

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो। अब उपसभापति र महामन्त्री पदको मतगणनापछि कांग्रेसको नयाँ नेतृत्वका अन्य पदाधिकारीको टुंगो लाग्नेछ।