काठमाडौं । काठमाडौंमा २१ किलो सुनसहित तीन जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बुढानीलकण्ठबाट बिहीबार ठूलो परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा नेपाली र चिनियाँ नागरिक रहेका छन्। पक्राउ परेकाहरूको पहिचान तथा सुनको स्रोतबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनाबारे प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिने जनाएको छ।







