काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयन दर्तामा खुलातर्फ ८ जना र महिलातर्फ ३ जनाले महामन्त्री पदका लागि उम्मेदवारी दिएका हुन् ।

ADVERTISEMENT

खुलातर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, महिलातर्फ डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिएका छन् ।

ADVERTISEMENT

कांग्रेस विधानअनुसार महामन्त्री पदमा खुलातर्फ दुई र महिलातर्फ एक जना निर्वाचित हुने व्यवस्था छ । यसअनुसार खुलातर्फ ८ जनाबीच दुई पदका लागि प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ तीन जनाबीच एक पदका लागि प्रतिस्पर्धा हुनेछ ।

महामन्त्री पदका लागि मनोनयन दर्ता मंगलबार दिउँसो १२ बजेदेखि साँझसम्म भएको थियो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका छ ।

ADVERTISEMENT