काठमाडौं । न्यायपरिषद्ले अदालतमा रहेको न्यायाधीश दरबन्दीको पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको परिषद् बैठकले उच्च तथा जिल्ला अदालतको कार्यबोझ र आवश्यक जनशक्तिको अवस्थाको पुनरवलोकन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

परिषद्का अनुसार समितिलाई तीन महिनाको कार्यविधि तोकिनेछ । समितिले अदालतको कार्यबोझ, न्यायाधीशको आवश्यकता तथा विद्यमान जनशक्तिको अवस्थालगायत विषय अध्ययन गरी दरबन्दी पुनरवलोकनका लागि सुझाव दिनेछ ।

ADVERTISEMENT

त्यस्तै, दूरसञ्चार प्राधिकरणले दिएको आदेशउपर पुनरावेदन सुन्ने समितिको अध्यक्ष पदमा उच्च अदालतका न्यायाधीश गीताप्रसाद तिम्सिनालाई तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि परिषद्ले गरेको छ ।