काठमाडौं । Infinix ले आफ्नो performance-focused GT Series अन्तर्गत Infinix GT 50 Pro नेपाली बजारमा सार्वजनिक गरेको छ। गेमर तथा power users लाई लक्षित गरिएको यो स्मार्टफोनमा HydroFlow Liquid Cooling, 144FPS Gaming Ecosystem र Pressure-Sense GT Triggers जस्ता gaming-focused प्रविधि समावेश छन्।
“Liquid Flow, Hyper Performance” अवधारणामा आधारित GT 50 Pro 12GB RAM र 256GB storage भेरियन्टमा उपलब्ध छ। यसको नेपाली बजार मूल्य रु. ८४,९९९ तोकिएको छ।
स्मार्टफोनलाई सहज रूपमा खरिद गर्न कम्पनीले ०% EMI सुविधा पनि ल्याएको छ। यसअन्तर्गत मासिक किस्ता रु. ४,२५० देखि सुरु हुने कम्पनीले जनाएको छ। ०% EMI सुविधा सम्बन्धित नियम तथा सर्तमा आधारित हुनेछ।
गेमिङका लागि के–के छन् विशेषता?
GT 50 Pro मा लामो समय गेम खेल्दा उत्पन्न हुने तापक्रम व्यवस्थापन गर्न HydroFlow Liquid Cooling प्रविधि प्रयोग गरिएको छ। यसले gaming तथा heavy applications चलाउँदा performance स्थिर राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।
त्यस्तै, 144FPS Gaming Ecosystem ले उच्च फ्रेमरेटमा अझ smooth र fluid gameplay उपलब्ध गराउने लक्ष्य राखेको छ। विशेषगरी fast-paced तथा competitive gaming मा यसले visual smoothness र responsiveness सुधार गर्न सहयोग गर्ने बताइएको छ।
गेमिङ नियन्त्रणका लागि फोनमा Pressure-Sense GT Triggers दिइएको छ। यी dedicated controls ले touchscreen बाहेक थप command option उपलब्ध गराउने भएकाले fast-paced gameplay मा सहज control गर्न सकिने कम्पनीले जनाएको छ।
अडियोतर्फ GT 50 Pro मा Dolby Atmos, Hi-Res Audio र Hi-Res Audio Wireless को support दिइएको छ। यसले gaming तथा multimedia प्रयोगमा immersive audio experience प्रदान गर्ने लक्ष्य राख्छ।
स्मार्टफोनमा N1 Network Chip समेत रहेको छ। Gaming का क्रममा network stability र responsiveness सुधार गर्ने उद्देश्यले यसलाई gaming-focused hardware तथा software सँग संयोजन गरिएको कम्पनीले जनाएको छ।
मूल्य र EMI
Infinix GT 50 Pro 12GB + 256GB को खुद्रा मूल्य रु. ८४,९९९ रहेको छ। कम्पनीका अनुसार रु. ५०,९९९ डाउन पेमेन्ट गरेपछि बाँकी रु. ३४,००० रकममा EMI सुविधा लिन सकिनेछ।
| विवरण | रकम |
|---|---|
| भेरियन्ट | 12GB + 256GB |
| खुद्रा मूल्य | रु. ८४,९९९ |
| डाउन पेमेन्ट | रु. ५०,९९९ |
| फाइनान्स रकम | रु. ३४,००० |
| मासिक EMI | रु. ४,२५० देखि |
०% EMI सुविधा Goodwill Finance Limited, Neofin Hire Purchase Pvt. Ltd. र MAW मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। EMI का लागि ग्राहकले आवेदन प्रक्रियामा वैध नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (NID) पेश गर्नुपर्नेछ।
Financing approval तथा अन्य नियम र सर्त सम्बन्धित financing partner को नीति तथा आवश्यकताअनुसार निर्धारण हुनेछ।
GT 50 Pro देशभरका अधिकृत Infinix retail stores तथा smartphone outlets मा उपलब्ध हुने कम्पनीले जनाएको छ।







