सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।

ADVERTISEMENT

एसपी थापाका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको ६ वटा बोराबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

बरामद गाँजाको तौल गर्दा ११० किलो ७६० ग्राम रहेको खुलेको छ। उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।

ADVERTISEMENT

पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको एसपी थापाले जानकारी दिए।