काठमाडौं । जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । यो खेल निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।

यसअघि बिहीबार भएको दोस्रो सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा पुगेका हुन् । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एशियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ ।

ADVERTISEMENT

यस्तै सेमिफाइनलमा पराजित भएका बङ्गलादेश र श्रीलङ्काले पनि कास्य पदकका अहिले खेलिरहेका छन् । टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ ।

ADVERTISEMENT

नेपाल एशियाली खेलकुदको क्वाटरफाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो ।