काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीमाथि शानदार जित निकालेको छ।
गएराति समूह ‘ए’ अन्तर्गत भएको खेलमा बेल्जियमले टर्कीलाई ३–० गोलले पराजित गरेको हो।
बेल्जियमको जितमा केभिन डी ब्रयना र रोमेलु लुकाकुले गोल गरे। डी ब्रयनाले दुई तथा लुकाकुले एक गोल गरेका हुन्।
खेलको १०औँ मिनेटमै डी ब्रयनाले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले ५९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० मा पुर्याए।
त्यसपछि ७६औँ मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जियमले ३–० को सहज जित सुनिश्चित गरेको हो।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको बेल्जियम समूह ‘ए’ को दोस्रो स्थानमा छ। समान तीन खेलबाट ७ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहँदा टर्की अंकविहीन हुँदै चौथो स्थानमा छ।







