काठमाडौँ । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।
यो अफर एनसेलका हालका ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकले प्राप्त गर्न सक्नेछन्। नयाँ आइफोन खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित स्थानीय कल, दैनिक १५० वटा निःशुल्क एसएमएस तथा प्रिमियम सामग्री हेर्न सकिने लायन्सगेटको सदस्यता पाउनेछन्।
योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० जनाले यी सुविधा तीन महिनासम्म निःशुल्क पाउनेछन्। त्यस्तै, आइफोन डुओ खरिद गर्ने पहिलो १०० जनाले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा नयाँ आइफोन खरिद गर्ने ग्राहकका लागि विशेष अफर ल्याउन पाउँदा खुसी लागेको बताए।
उनले एनसेलको भरपर्दो कनेक्टिभिटीलाई नयाँ पुस्ताका प्रिमियम उपकरणसँग जोड्दै ग्राहकको डिजिटल जीवनशैलीलाई सहज बनाउने उद्देश्य रहेको बताए।
उनका अनुसार प्रिमियम उपकरणसँग भरपर्दो मोबाइल सेवा जोडेर सञ्चार र मनोरञ्जनलाई थप सरल र प्रभावकारी बनाउने प्रयास गरिएको छ।







