काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले नेपाली बजारमा भोलिदेखि आईफोन १८ प्रो सिरिज आधिकारिक रूपमा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यस सिरिजअन्तर्गत आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स सार्वजनिक गर्दै लन्च डेका अवसरमा विभिन्न विशेष अफर, उपहार तथा फाइनान्स सुविधाको घोषणा गरेको छ ।

ADVERTISEMENT

जेननेक्स्टका अनुसार अक्टोबर १ देखि अक्टोबर ९ सम्म आईफोन १८ प्रो सिरिज खरिद गर्ने ग्राहकहरू ‘जेननेक्स्ट लक्की ड्र’ मा सहभागी हुन पाउनेछन्। यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले २५ लाख रुपैयाँको नगद ‘ग्रान्ड प्राइज’ जित्न सक्नेछन् भने अन्य १८ जना विजेतालाई ‘एप्पल वाच सिरिज ११’ प्रदान गरिनेछ ।

ADVERTISEMENT

यसका साथै, उक्त सिरिज खरिद गर्ने ग्राहकले ‘शिल्ड प्रो’ र २० वाटको ओरिजिनल एडाप्टर निःशुल्क प्राप्त गर्नेछन् । त्यस्तै, सुरुवाती २०० जना ग्राहकलाई एनसेलको तर्फबाट तीन महिनासम्म अनलिमिटेड डेटा तथा अनलिमिटेड भ्वाइस प्याक निःशुल्क उपलब्ध गराइनेछ ।

ग्राहकको खरिद सहजताका लागि कम्पनीले किस्ताबन्दी सुविधा पनि ल्याएको छ । जसअनुसार नबिल बैंकको क्रेडिट कार्डमार्फत १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा फोन खरिद गर्न सकिनेछ । क्रेडिट कार्ड नभएका ग्राहकलाई लक्षित गर्दै कम्पनीले ‘एमएडब्लू कार्डलेस ईएमआई’ को सुविधा समेत उपलब्ध गराएको छ ।

ADVERTISEMENT

नेपाली बजारका लागि निर्धारित मूल्यअनुसार आईफोन १८ प्रो को २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ, ५१२ जीबीको ३ लाख १ हजार ९०० रुपैयाँ, १ टेराबाइटको ३ लाख ८६ हजार ९०० रुपैयाँ र २ टेराबाइट भेरियन्टको मूल्य ५ लाख १३ हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, आईफोन १८ प्रो म्याक्सतर्फ २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ, ५१२ जीबीको ३ लाख २२ हजार ९०० रुपैयाँ, १ टेराबाइटको ४ लाख ७ हजार ९०० रुपैयाँ र २ टेराबाइट स्टोरेज भेरियन्टको मूल्य ५ लाख ३४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

यी फोनमा एप्पलको पहिलो २ नानोमिटर प्रविधिमा आधारित ‘ए २० प्रो’ चिपसेट जडान गरिएको छ । यसले अघिल्ला संस्करणको तुलनामा निकै छिटो कार्यसम्पादन गर्नुका साथै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जटिल कार्यहरू सहजै सञ्चालन गर्न सक्ने जनाइएको छ ।

फोनको क्यामेरा सिस्टममा तीनवटै ४८ मेगापिक्सेलका सेन्सर राखिएका छन् । साथै, मुख्य क्यामेरामा फरक-फरक लाइट र डेप्थ अनुसार राम्रो तस्बिर खिच्न मद्दत गर्ने ‘भेरिएबल एपर्चर’ सुविधा थपिएको छ ।

डिस्प्लेतर्फ आईफोन १८ प्रो मा ६.३ इन्च र प्रो म्याक्समा ६.९ इन्चको ‘सुपर रेटिना एक्सडीआर’ स्क्रिन दिइएको छ । जसमा १२० हर्जसम्मको ‘प्रमोसन’ प्रविधि र ‘अलवेज अन’ सुविधा उपलब्ध छ ।

ब्याट्री क्षमतामा पनि उल्लेखनीय सुधार गरिएको छ, जसअनुसार भिडिओ प्लेब्याकमा प्रो मोडेलले ३६ घण्टासम्म र प्रो म्याक्सले ४५ घण्टासम्म निरन्तर ब्याकअप दिने कम्पनीको दाबी छ ।

आईओएस २७ अपरेटिङ सिस्टममा चल्ने यी फोनहरू ब्ल्याक, सिल्भर, ग्लेसियर र बर्गन्डी गरी चार कलर अप्सनमा उपलब्ध हुनेछन् ।

मूल्यसूची

स्टोरेज भेरियन्ट आईफोन १८ प्रो  आईफोन १८ प्रो म्याक्स
२५६ जीबी  रु. २,५९,९००/- रु. २,७९,९००/-
५१२ जीबी रु. ३,०१,९००/- रु. ३,२२,९००/-
१ टेराबाइट रु. ३,८६,९००/- रु. ४,०७,९००/-
२ टेराबाइट रु. ५,१३,९००/- रु. ५,३४,९००/-