काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले आजबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ ।
भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने लागको सो अटो शो हुुन लागेको हो ।
यसपालिको संस्करणमा उड्ने कार मुख्य आकर्षणमा रहेको छ । डिपलको इभिटल फ्लाइङ ट्राक्सी, रोवोटिक्स डग रोवोट र ह्युमन रोवोट र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।
१७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने उनले उड्ने कारको उद्घाटन गर्ने कार्यक्रम छ । प्रदर्शनी हरेक दिन बिहान १०.३० देखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पाट्स्र्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।यसपालिको नाडा अटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ । फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले ६ दिनसम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् ।
यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन् । चारै मोडेलहरूमा आकर्षक छुट दिइएको कम्पनीले जनाएको छ। जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनी मै सार्वजनिक हुने कम्पनीको भनाइ छ ।
टीएम१ को मूल्य ३३ लाख ७४ हजारबाट घटाएर २६ लाख ९९ हजार गरिएको छ । त्यस्तै, माउन्टेन ईभी र सो कोनईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन् । फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा यात अगाडि नै गर्नेछ, या रोमान्चकता बढाउनका लागि स्टलमा गर्ने कम्पनीले जनाएको छ ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोनईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस, र क्यासलेस इन्स्योरेन्सग्यारेन्टीका साथ प्राप्त हुनेछ।साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडीलिन सक्ने छन्।
माउन्टेनईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म निस्शुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ । सोकोनईभीभ्यान ले पनि हरेक खरिदमा आकर्षक छुट सँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ।





