काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मंगलबारबाट नाडा अटो शो २०२५ आयोजना गर्दै छ । १७औं संस्करणको नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने छन् ।
भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने लागेको अटो शोको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्रक्सी, रोवोटिक्स (डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, चारवटा दुईपांग्रे सवारीका र अटो पार्टस्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।






