काठमाडौं । नेपाली फिल्मको बक्सअफिसमा ‘गौंथली’ले सर्वाधिक कमाइ गरेको छ ।
आइतबारसम्म ‘गौंथली’ले २५ करोड ९५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मलाई सो अवधिसम्म ९ लाख ४१ हजार दर्शकले हेरेका छन् ।
त्यस्तै, ‘पेन्सन पट्टा’ले ७ करोड १ लाख रुपैयाँ ग्रस कमाएको छ । उक्त फिल्मलाई २ लाख ४४ हजार दर्शकले हेरेका छन् ।
‘बेहुली’ले २ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ भने १ लाख ५ हजार दर्शकले फिल्म हेरेका छन् । ‘पार्वती’ले २ करोड २८ लाख रुपैयाँ कमाउँदा यसको दर्शक संख्या ८१ हजार पुगेको छ ।
प्रदर्शनको दशौं दिनसम्म ‘झिँगेदाउ २’ले १ करोड ३४ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मलाई ४३ हजार ७८६ जना दर्शकले हेरेका छन् ।
‘एलिफेन्ट्स इन द फग’ले १ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ३५ हजार दर्शकले हेरेका छन् ।
यस्तै, ‘कार्की साइँला’ले ५ लाख ७८ हजार रुपैयाँ ग्रस कमाएको छ । फिल्मका दर्शक संख्या १ हजार ६९६ रहेको छ ।
‘माया बस्छ कि के हो’ले भने आइतबारसम्म २३ हजार ६६० रुपैयाँ ग्रस कमाएको छ । उक्त फिल्मलाई ९२ जना दर्शकले हेरेका छन् ।








