काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ । प्रेमको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तमुको शब्द तथा संगीत छ । सुरजसँगै शान्तिश्री परियारको स्वर रहेको छ ।

गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गरेको छ ।

ADVERTISEMENT

बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ ।

ADVERTISEMENT

माओत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।

चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

ADVERTISEMENT