धनगढी । नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

युवापुस्तामाझ भेस्पा तथा अप्रिलिया स्कुटरप्रतिको बढ्दो रुचि र ग्राहकको सहजतालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका–४ मा नयाँ शोरुम विस्तार गरिएको कम्पनीले जनाएको छ। शोरुमको उद्घाटन असोज ९ गते विशेष कार्यक्रमबीच गरिएको हो।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले देशभर भेस्पा र अप्रिलियाका स्कुटर सहज रूपमा उपलब्ध गराउने योजनाअनुसार धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए।

ADVERTISEMENT

उनले नयाँ शोरुमबाट कम्पनीका अन्य आधिकारिक शोरुमसरह सेवा तथा सुविधा उपलब्ध गराइने जानकारी दिए। ग्राहकको आवश्यकता र अपेक्षाअनुसार सेवा तथा सुविधा विस्तार गर्दै लैजाने कम्पनीको प्रतिबद्धता रहेको उनको भनाइ छ।

कम्पनीले पछिल्लो समय देशभर शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको पहुँच विस्तार गर्दै आएको जनाएको छ। धनगढीस्थित वेस्टर्न म्याक नेपाल प्रा.लि.मार्फत ग्राहकले हालै नेपालमा सार्वजनिक गरिएको अप्रिलिया एसआर १७५ खरिद गर्न सक्नेछन्। १७५ सीसी इन्जिन क्षमताको एसआर १७५ लाई कम्पनीले पावरफुल तथा स्टाइलिस स्कुटरका रूपमा प्रस्तुत गरेको छ।

ADVERTISEMENT

त्यस्तै, भेस्पाका विभिन्न मोडल तथा नयाँ लाइल्याक र ओरो गोल्डेन कलर विकल्पमा समेत स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो रुचिअनुसार मोडल र कलर छनोट गर्न सक्नेछन्।