काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४ सय ५३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबारसम्म विभिन्न जिल्लामा १ हजार ४ सय ५१ शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो।

ADVERTISEMENT

फेला परेका शवमध्ये रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

शव पहिचानका लागि मृतक तथा आफन्तबाट डीएनए नमुना संकलन गर्ने काम भइरहेको छ। हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ भने पहिचान हुन बाँकी १ हजार ४२१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। यस्तै, ४ हजार ७१८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा १ हजार २ सयभन्दा बढी व्यक्ति राखिएको प्रहरीले जनाएको छ।