विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ।

विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला दुई पक्षबीच विवादपछि कुटाकुट भएको हो।

ADVERTISEMENT

भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला विवाद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।

ADVERTISEMENT

कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर–६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ।

घटनाका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ।

ADVERTISEMENT

वडाको नेतृत्वमा सहमति हुन नसकेपछि मतदान भएको थियो। वडा सभापतिका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर प्रतिस्पर्धामा छन्।

यता, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले भने वडा अधिवेशन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्।