काठमाडौं । देशका १२ जिल्लाका विभिन्न खोलामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने देखिएको छ। यस क्षेत्रमा भएका नदीहरू आकस्मिक बाढीको उच्च जोखिममा रहेका महाशाखाले जनाएको छ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुगां, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर तथा ललितपुरमा बाढीको मध्यम जोखिमको सम्भावना छ।

ADVERTISEMENT

मकवानपुर ,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी अर्घाखांची, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT