काठमाडौं । नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकको संख्या १८७ पुगेको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।

ADVERTISEMENT

हस्ताक्षरअघि दुवै मन्त्रीबीच पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको थियो। भेटवार्ताका क्रममा नेपालमा हालै आएको जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिबारे पनि छलफल भएको जनाइएको छ।

ADVERTISEMENT

दुवै पक्षले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोगका नयाँ सम्भावना खोज्दै दुई देश तथा जनताको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउने विषयमा जोड दिएका छन्।