काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

तोकाई सिटीजन जिम्न्यासियममा भएको समूह ‘बी’को अन्तिम खेलमा नेपालले मलेसियालाई ७३–५२ अंकले हराएको हो । जितसँगै नेपालले पुरुष कबड्डीमा एसियाड यात्रा सुखद रूपमा टुंग्याएको छ ।

ADVERTISEMENT

नेपालले समूह चरणको पहिलो खेलमा थाइल्यान्डसँग ५९–४८, दोस्रो खेलमा पाकिस्तानसँग ५८–४३ र तेस्रो खेलमा इरानसँग ७६–२३ को हार व्यहोरेको थियो ।

ADVERTISEMENT

चार खेलबाट एक जित हात पारेसँगै नेपालले प्रतियोगितामा आफ्नो सहभागिता पूरा गरेको छ ।