काठमाडौं । उसुको थाउलो नानक्वान र नानगुन अलराउन्डमा दीपक हमालले १९.३३३ स्कोरका साथ समग्रमा ११ औँ स्थान हासिल गरेका छन् ।

उनले नानक्वानमा ९.६६० र नानगुनमा ९.६७३ स्कोर जोडेका थिए । एसियाली खेलकुदमा दीपकको यो दोस्रो सहभागिता हो । उनी गत संस्करणमा १३औँ स्थानमा थिए । यो स्पर्धामा १८ खेलाडीको सहभागिता थियो ।

ADVERTISEMENT

यसमा चीनका लि जियानमिङले स्वर्ण, हङकङका लाउ ची लुङले रजत तथा लिउ चाङ मिनले कांस्य पदक हात पारे । यससँगै थाउलोमा पाँच नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।

ADVERTISEMENT

यसअघि हरिप्रसाद गोलेले पुरुष ताइजिछ्वान तथा ताइजीजियानमा १४औँ, सबिता राईले महिला ताइजीक्वान तथा ताइजीजियानमा ११औँ, विजयी सिजालीले पुरुष छानछ्वानमा १९औँ र सुस्मिता तामाङले महिला छानछ्वानमा १३औँ स्थान हासिल गरेका थिए ।

अब राजीव तामाङले प्रतिस्पर्धा गर्न बाँकी छ ।

ADVERTISEMENT