काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जाहाजमार्फ मंगबार दिउँसो ४ः१५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने तालिका छन्। प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन्।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली यसअघि नै न्यूयोर्क पुगिसकेको छ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्दै छन्।
महासभामा सहभागी भएर प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने तालिका छ। प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो।






