काठमाडौं । नेपालमा सम्पन्न PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको 4Thrives Esports ले जितेको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको 4Thrives Esports ले कुल २०९ अंक हासिल गर्दै च्याम्पियन बनेको हो।

काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट PUBG Mobile Esports टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक प्रतिस्पर्धाबीच 4Thrives Esports शीर्ष स्थानमा रहँदा नेपालको T2K Esports दोस्रो र Horaa Esports तेस्रो स्थानमा रहन सफल भए।

ADVERTISEMENT

नेपालमा ई-स्पोर्ट्सको विकास तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो। युवा पुस्ताको ऊर्जा, जोश र प्रतिस्पर्धात्मक भावनासँग जोडिएको एक्सट्रीमले नेपाली ई-स्पोर्ट्स क्षेत्रमा नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न निरन्तर साथ दिँदै आएको जनाएको छ।

ADVERTISEMENT

PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलजस्ता अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताले नेपाली ई-स्पोर्ट्स खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव लिनुका साथै आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गरेका छन्।

एक्सट्रीम इनर्जी ड्रिंकले ई-स्पोर्ट्सलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई युवा प्रतिभा, सीप र प्रतिस्पर्धात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सक्ने सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्दै आएको जनाएको छ।

ADVERTISEMENT

नेपाली ई-स्पोर्ट्स समुदाय तथा युवा खेलाडीहरूको यात्रामा साथ दिने उद्देश्यसहित एक्सट्रीमले आगामी दिनमा पनि ई-स्पोर्ट्स संस्कृति, युवा प्रतिभा र प्रतिस्पर्धात्मक गेमिङको विकासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।