छुटेको जग्गा दर्ता सिफारिस पत्र पठाइदिन सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल टोलीले ३ नम्बर नापी टोली माछापोखरीका प्रमुख रहेका उनलाई बुधबार बसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख र हैरानी दिँदै घुस माग गरिरहेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले बुधबार ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका वलीमाथि भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ।

ADVERTISEMENT