काठमाडौं । महालक्ष्मी विकास बैंकले नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागिता जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले आफ्नो सेवा तथा कर्जा योजनाबारे जानकारी दिइरहेको हो।
प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ। ग्राहकको आवश्यकता अनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको बैंकले जनाएको छ।
बैंकका अनुसार घर तथा जग्गा खरिद र घर निर्माणका लागि आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराइनेछ। प्रदर्शनीको अवसरमा कर्जासम्बन्धी प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ।
भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत रहेको र सोही आधार दरका आधारमा घरजग्गा खरिद तथा घर निर्माण कर्जा लिने ग्राहकले लाभ लिन सक्ने बैंकले जनाएको छ।
कर्जा तथा बैंकिङ सुविधाबारे जानकारी लिन चाहने ग्राहकले प्रदर्शनीस्थलको स्टल नम्बर २२१ मा सम्पर्क गर्न सक्नेछन्। बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कर्जा प्रक्रिया, आवश्यक सुविधा तथा अन्य बैंकिङ सेवाबारे जानकारी र परामर्श दिनेछन्।
यसैबीच, महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।






